

धादिङ । लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा सदरमुकाम धादिङबेशीमा सडक नाटक प्रदर्शन गरिएको छ।
धादिङबेशी स्थित बिचबजारमा नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्काई फोटो फिल्मस् एण्ड मिडिया हाउसले निर्माण गरेको सडक नाटक ‘नो मिन्स नो’ (‘No Means No’) प्रदर्शन गरिएको हो।
युवामाझ बढ्दै गएको लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र सामाजिक चुनौतीबारे सशक्त सन्देश दिने उद्धेश्यले प्रदशन गरिएको नाटकमा रवि भट्टराई, मनिष श्रेष्ठ, बिनोद तमु, अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र समिर रिजाल लगायत कलाकारले अभिनय गरेका थिए।
बिनोद तमु ‘बल्लु’ले लेख्नुभएको नाटकको मनिष श्रेष्ठ र बिनोद तमुको संयुक्त निर्देशनमा तयार गरिएको हो ।
नाटकमा युवतीहरूमाथि देखिने मनोवैज्ञानिक दवाब, प्रेम प्रस्ताव अस्वीकार गर्दा देखिने आक्रामकता, सामाजिक सञ्जालमार्फत गरिने चरित्र हत्या, तथा एआई प्रविधिको दुरुपयोगबाट उत्पन्न गम्भीर परिणामलाई गहिरोसँग चित्रण गरिएको थियो।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माले नाटक प्रभावकारी रूपमा प्रस्तुत गरिएको भन्दैयुवाहरूलाई सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीबारे जागरुक बनाउन नाटकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |