

धादिङ । ज्वालामुखी गाउँपालिका–३ स्थित मैदीकोटमा माघेसक्रान्तिको अवसरमा सातौँ खड्गदेवी सांस्कृतिक महोत्सव हुने भएको छ।
खड्गदेवी युवा क्लबको आयोजनामा तथा ज्वालामुखी गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ३ को संयोजकत्वमा माघ १ गते माघेसक्रान्तीको दिन महोत्सव हुन लागेको हो ।
महोत्सवमा चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा, अस्मिता डल्लाकोटी, मोडल तथा नायिका जानवी बस्नेत, दोहोरी गायिका मिरा राना मगर, गायक पदम आले, विवश दर्लामी मगरलगायत स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजक क्लवका अध्यक्ष रिजन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी महोत्सव अवधिभर कृषि प्रदर्शनी तथा परम्परागत गोरु जुधाइ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
कृषि प्रदर्शनीका उत्कृष्ट कृषकलाई आकर्षक पुरस्कार तथा गोरु जुधाइ प्रतियोगिताका विजेतालाई नगदसहित अन्य पुरस्कारको व्यवस्था गरिएको छ।
क्लबका अध्यक्ष श्रेष्ठका अनुसार स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नुका साथै धादिङ जिल्लाकै ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल मैदीकोटको प्रचार–प्रसार गर्ने, संस्कृतिको जगेर्ना गर्ने र स्थानीयस्तरमा उत्पादन भएका कृषि सामग्रीको प्रदर्शन तथा पहिचान गराउने उद्देश्यले खड्गदेवी युवा क्लबले प्रत्येक वर्ष सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |