

काठमाण्डौ । चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले आज सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै आमसभा, जुलुस र प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।
यसअघि आजै जेनजी फ्रन्टले विज्ञप्ति निकालेर फागुन २१ गते हुने चुनावमा बालबालिकाहरूको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको थियो ।
जेनजी फ्रन्टले फागुन २१ गते हुने चुनावका लागि बालबालिकाहरूको प्रयोग भएको भन्दै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि र चुनावी प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको छ ।
नेपालमा विगतका चुनावमा दलहरूले बालबालिकालाई र्याली, जुलुसमा नाचगान गराउने, नारा लगाउने र पोस्टर बोक्ने काममा प्रयोग गर्दै आएका छन्। अहिले सामाजिक सञ्जालमार्फत बालबालिकालाई उम्मेदवारको पक्षमा चर्चा गर्न लगाएका थुप्रै उदाहरण भेटिन्छन् ।
अन्तर्राष्ट्रियस्तरमा चुनावी प्रचारमा बालबालिकाको प्रयोगलाई बालअधिकारको उल्लङ्घन मानिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |