

धादिङ- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने बताउनुभएको छ।
शनिबार निर्वाचन सुरक्षा सम्बन्धि अनुगमनका क्रममा धादिङ आइपुगेका गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय तथा पत्रकारहरुसँग कुराकानी गर्दै शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सबै तयारी पूरा भइसकेको बताउनुभयो ।
गृहमन्त्री अर्यालले विगतमा दलीय सरकारले सञ्चालन गरेका निर्वाचनभन्दा यो निर्वाचन अझ सुदृढ र विश्वसनीय हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो- ‘यदि कतै गडबडी भयो भने त्यस्तो निर्वाचनलाई मान्यता दिइने छैन । आवश्यक परेमा त्यही क्षेत्रमा निर्वाचन रद्द गरी पुनः निर्वाचन गराइनेछ ।´
मतदाताले आफूले चाहेको उम्मेदवारलाई कुनै दबाब र भयबिनै ढुक्कसँग मतदान गर्न सक्ने वातावरण तयार गरिएको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |