

धादिङ । धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डेले नीतिगत सुधार, सुशासन र दिगो विकासलाई मुख्य एजेन्डा बनाउदै मतदाता भेटघाटमा रहनुभएको छ ।
गजुरी गाउँपालिकाका विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा उनले प्रशासनिक जटिलता, ढिलासुस्ती र भ्रष्टाचार अन्त्यका लागि कानूनी तथा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताउनुभयो ।
पाण्डेले सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधार सुधारका लागि प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्ने योजना सार्वजनिक गर्दै कृषि तथा दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधन र बजारीकरणमा जोड दिनुभयो ।
विदेश पलायन रोक्न देशमै अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा दृढ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |