

धादिङ । नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला धादिङ-२ अन्तर्गत रुवीभ्याली गाउँपालिका-५ लापामा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
उम्मेदवार धमलालाई लापामा स्थानीयले स्वागत गरेका हुन्।
कार्यक्रममा विभिन्न टोल–बस्तीबाट उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो स्वागत कार्यक्रममा स्थानीयवासीले उम्मेदवार धमलासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका मुख्य समस्या, पूर्वाधार अभाव, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए भने विशेष गरी सडक, सञ्चार, खानेपानी र कृषिसँग सम्बन्धित समस्याको समाधानमा ध्यान दिन आग्रह गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार धमलाले स्थानीय विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले दुर्गम उत्तरी क्षेत्रको समग्र विकास, आधारभूत पूर्वाधार विस्तार र जनजीविकामा सुधार ल्याउने योजनाका साथ अघि बढ्ने बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |