

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ को रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले जनताको विश्वास जितेर काममार्फत प्रमाणित गर्नु आफ्नो दायित्व भएको बताउनुभएको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ र ५ मा घरदैलो कार्यक्रमको क्रममा श्रेष्ठले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“चुनाव जित्नु मात्रै मेरो लक्ष्य होइन, जनताको विश्वास जितेर त्यसलाई काममार्फत प्रमाणित गर्नु मेरो दायित्व हो,ज्वालामुखीका हरेक बस्तीमा आधारभूत पूर्वाधार, खानेपानी र कृषि प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइनेछ।”
उहाँले विगतमा जनताले भोग्नुपरेका समस्या दोहोरिन नदिन पारदर्शिता र जवाफदेहितामा आधारित नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो ।
“अब पुरानै शैलीको राजनीति होइन, परिणाम दिने काम चाहिन्छ,” उहाँले भन्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |