

धादिङ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ।
निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत उम्मेदवार पाण्डेले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-३ का सलाङघाट र सितलबार क्षेत्रमा घरदैलो अभियान सम्पन्न गर्नुभएको हो।
अभियानका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना, सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले खानेपानी, कृषि उत्पादनको बजारीकरण, सडक पूर्वाधार तथा युवाका लागि रोजगारी अवसर विस्तार गर्नुपर्ने माग राखेका थिए।
मतदाताका गुनासा तथा सुझावलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने उम्मेदवार पाण्डेको भनाइ थियो।
कार्यक्रममा पार्टीका स्थानीय नेता-कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |