

धादिङ । धादिङ २ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले किसान र मजदुरका लागि काम गर्ने नेकपा एमालेले मात्र भएकोले एमालेलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
किसानलाई व्यवसायिक बनाउन, किसानका उत्पानलाई बजारसम्म पुर्याउन, सरकारले कृषि एम्बुलेन्स सहितको एकिकृत बजार व्यवस्गथापन गर्नका लागि आफू लागि पर्ने धनबहादुर घलेको भनाइ छ ।
मजदुरको लागि सुरक्षा, सामाजिक सुरक्षा, स्वास्थ्य विमा, मजदुरको जोखिम विमा लगायतका विषयमा एमाले सरकार भएको बेला निति ल्याएको र आगामी दिनमा यसलाई व्यवहारिक निति अपनाएर कार्यान्वयन गर्न एमालेले जित्नु पर्नेमा जोड दिनुभयो।
घले नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को अधिकारीडाँडा, अल्छीडाँडा, रायटार, खानीगाउँ, पारीगाउँ, बस्नेत चौतारो, थापागाउँ, बालिमखोला, रानीडाँडा, रिजालथोक, विमिरे, र वडा नम्बर २ को भुलभुले, भण्डारीगाउँ, ढोडेनी, जुरेथुम, जुँगे, घेउझार, चिसापानी, आलडाँडा, सिम्ले, तिनघरे, बसाह ओलीडाँडाका मतदाता भेटघाट गर्दै गुनासो र सुझाव संकलन गर्दै गुनासो समेत सम्बोधन गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |