

धादिङ । धादिङ क्षेत्र नम्बर–२ का रमेश धमलाले आजदेखि खनियाबास गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ।
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उहाँ उत्तरी धादिङको यस हिमाली तथा पहाडी भू–भागमा प्रत्यक्ष जनसम्पर्कमा जुट्नुभएको हो।
१० हजार ४ जना मतदाता रहेको खनियाबास प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले समृद्ध क्षेत्र मानिन्छ। गणेश हिमाल शृंखलाको काखमा रहेको यस गाउँपालिकामा विभिन्न जातजातिको बसोबास, परम्परागत संस्कार–संस्कृति तथा धार्मिक स्थलहरू पाइन्छन्।
अभियानका क्रममा उम्मेदवार धमलाले स्थानीय समस्या बुझ्ने, सुझाव संकलन गर्ने र प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको प्रचार समितिले जनाएको छ।
भेटघाटमा सहभागी हुन नसक्ने मतदाताले मोबाइल नम्बर ९८५१०३११७९ तथा सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा राख्न सक्ने व्यवस्था गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |