

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ-२ का उम्मेदवार रामबहादुर भण्डारीलाई नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ ताङजोमाने र वडा नम्बर ३ का चौतारा तथा गैरा गाउँका स्थानीयले भव्य स्वागत गरेका छन् ।
मतदातासँगको भेटघाटमा भण्डारीले जनताको मागअनुसार ऐन–कानुन निर्माण र नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विशेषगरी जनयुद्धकालीन आधार इलाका सेमजोङको शिक्षा, स्वास्थ्य, सडक र रोजगारी क्षेत्रमा विकासलाई जोड दिँदै “सेमजोङलाई अब समृद्धिको आधार इलाका बनाउने जिम्मेवारी हाम्रो हो” उहाँले भन्नुभयो ।
कार्यक्रममा स्थानीयले सडक स्तरोन्नति, खानेपानी, कृषि बजारीकरण र युवाका लागि रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |