

काठमाण्डौ : देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ।त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।
शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ ।
शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २:१५ बजे पदभार ग्रहण गर्ने तय भएको रास्वपाले जनाएको छ ।
प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।
रास्वपाले हिजो उहाँलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ ।
रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |