

धादिङ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दै निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र फिर्ता लिन नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले संघीय सरकारसँग माग गर्दै हस्ताक्षर बुझाएकाे छ ।
संविधानले सुनिश्चित गरेको मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुला अर्थनीतिको भावना विपरीत हुने गरी निजी तथा स्वराेजगार सञ्चारमाध्यमलाई असर पर्ने निर्णय र परिपत्र जारी गरेको भन्दै त्यसलाई तत्काल संकलन गरिएकाे हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचिव तथा सूचना अधिकारी सन्ताेष श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यास, सूचनामा पहुँचमाथिको नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहका सरकारी विज्ञापन तथा सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने विभेदकारी सरकारी निर्णयविरुद्ध सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत संकलित हस्ताक्षर बुझाइएकाे हाे ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |