

धादिङ । धादिङको खानियाबास गाउँपालिका-१ स्थित टासी आधारभूत विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी मनोज तामाङ र मनिस तामाङको पहलमा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री तथा विद्यालय पोशाक प्रदान गरिएको हो।
साथै विद्यालयमा कार्यरत पाँच जना शिक्षक-शिक्षिकालाई सम्मान समेत गरिएको थियो।
सम्मानित हुनेहरूमा शिक्षिका एरिच्चा तामाङ, महिमा तामाङ, बुद्धिमाया तामाङ, शिक्षक अबिनास तामाङ(जेशन), प्र.अ कर्ण बहादुर तामाङ रहनुभएको छ।
कार्यक्रमका लागि दोलखा जिल्लाका समाजसेवी जित लाल तामाङले आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नासुन तामाङका अनुसार कार्यक्रम सफल बनाउन समाजसेवी मनोज तामाङको विशेष भूमिका रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि गरिएको सहयोगप्रति सहयोगदाता जित लाल तामाङ तथा कार्यक्रम संयोजनमा महत्वपूर्ण योगदान पुर्याउने मनोज तामाङप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले यस्ता सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउनुका साथै विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीहरूले सहयोगदाता र कार्यक्रमका आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |