

धादिङ । धादिङका पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको नीतिप्रति असहमति जनाउँदै जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नेतृत्वमा चरणवद्द रुपमा रहेका पत्रकारहरुले बुधबार प्रशासनको मुल गेटमा धर्ना दिएका हुन् ।
जिल्लामा कृयाशिल पत्रकारहरुले प्रशासनको मुल गेटमा एक घण्टा धर्ना दिएका हुन् । धर्नामा पत्रकारहरुले आफ्नो क्यामेरा, डायरी, पेन लगायत सामग्री भुईमा राखेर व्यानरसहित विरोध गरेका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सिताराम अधिकारीले पत्रकार महासंघ आन्दोलनकै क्रममा रहेकाले प्रेस स्वन्त्रता विरोधी नीति सरकारले फिर्ता नलिए आन्दोलन थप लम्बिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले पनि पत्रकारहरुको मागलाई समर्थन गर्दै सहयोग गर्न तयार रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय धादिङको मूल गेटमा धर्नामा रहेका पत्रकारहरूको माग पूरा गर्न आफूले सक्ने सहयोग गर्ने उहाँको भनाई थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |