Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

२ घण्टा अघि
२

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१0 घण्टा अघि
३

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१२ घण्टा अघि
४

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
५

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
६

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
७

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
८

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
९

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

४ दिन अघि
१०

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
११

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
१२

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

  • बागमती कलम
  • ५७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

धादिङ। धादिङको सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रो २०८३ मा विभिन्न त्रुटि, विवादास्पद सामग्री र व्यवस्थापकीय कमजोरीका कारण आलोचनाको केन्द्रमा परेको छ।

विद्यालय सञ्चालन, परिक्षा, बिदा र शैक्षिक गतिविधि व्यवस्थापनका लागि तयार गरिनुपर्ने पात्रोमा आधारभूत तथ्य र विवरणमै गल्ती भेटिएपछि यसको उद्देश्यबारे नै प्रश्न उठ्न थालेको छ।

सरोकारवालाहरूले यो पात्रो शैक्षिक व्यवस्थापनका लागि तयार गरिएको दस्तावेज हो कि गाउँपालिका अध्यक्षको प्रचारप्रसारका लागि छापिएको सामग्री हो भन्ने प्रश्न उठाएका छन्।

-सल्यानको तस्बिर, सिद्धलेकको पात्रो

पात्रोको सुरुवाती पानामै सिद्धलेक गाउँपालिकाको पहिचान झल्किने कुनै तस्बिर नराखी सल्यान जिल्लाको ढोरचौर गाउँपालिकाको नक्साको तस्बिर प्रयोग गरिएको पाइएको छ।

आफ्नै गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको तस्बिर राख्न सकिने अवस्थामा अर्कै जिल्लाको तस्बिर प्रयोग गरिनु गम्भीर लापरबाही भएको टिप्पणी गरिएको छ।

-अध्यक्षको फोटो १६ ठाउँमा

शैक्षिक पात्रोमा विद्यालय, विद्यार्थी, शिक्षक, शैक्षिक कार्यक्रम तथा सिकाइसँग सम्बन्धित सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा गाउँपालिका अध्यक्षको फोटो १६ वटा स्थानमा राखिएको पाइएको छ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले शैक्षिक पात्रोमा अध्यक्षको फोटो यति धेरै पटक राखिनुले शैक्षिक उद्देश्यभन्दा व्यक्तिगत प्रचारलाई प्राथमिकता दिएको देखिएको बताएका छन्।

-परीक्षाको अवधि नै गलत

पात्रोमा उल्लेख गरिएको असार महिनाको वार्षिक परीक्षा तालिका ७ दिनको हुनुपर्नेमा ८ दिनको बनाइएको छ।

सामान्य गणना र तालिका व्यवस्थापनमै त्रुटि देखिनुले पात्रो तयार गर्दा पर्याप्त अध्ययन, परीक्षण र पुनरावलोकन नगरिएको आशंका गरिएको छ।

-हरिबोधिनी एकादशीको बिदा गलत महिनामा

पात्रोमा हरिबोधिनी (ठूलो) एकादशीको बिदा मंसिर ४ गते पर्नुपर्नेमा असोज महिनामा उल्लेख गरिएको पाइएको छ।

धार्मिक तथा सार्वजनिक बिदाको मिति नै गलत राखिँदा विद्यार्थी, शिक्षक र अभिभावकलाई भ्रम सिर्जना हुने देखिएको छ।

-असोज महिनाको बिदा नै अस्पष्ट

पात्रोको असोज महिनामा एउटा बिदा उल्लेख गरिएको भए पनि कुन बिदा हो, किन दिइएको हो र त्यसको आधार के हो भन्ने स्पष्ट खुलाइएको छैन।

बिदाको नाम र कारण नखुलाउँदा पात्रो प्रयोगकर्तालाई अन्योल हुने देखिएको छ।

-शिक्षकको बिदा कटौती भएको आरोप

शिक्षकहरूले प्रचलित रूपमा पाउँदै आएको ३० दिनको बिदा पूरा नदिइएको दाबी गरिएको छ।

पात्रोमा शिक्षकहरूको बिदा कटौती गरिएको देखिए पनि त्यसको आधार, कानुनी व्यवस्था वा सम्बन्धित निर्णयबारे कुनै स्पष्ट जानकारी दिइएको छैन।

यस विषयमा शिक्षकहरूले बिदा कटौती गरिएको हो भने त्यसको औचित्य र निर्णय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

-सार्वजनिक स्रोतको सदुपयोग कि दुरुपयोग ?

शिक्षा शाखाबाट तयार भई सार्वजनिक खर्चमा छापिएको यति महत्वपूर्ण दस्तावेजमा स्थानीय पहिचानसम्बन्धी त्रुटि, सार्वजनिक बिदाको गलत मिति, परीक्षा तालिकाको गणनागत कमजोरी, अस्पष्ट बिदा तथा अध्यक्षको अत्यधिक फोटो समावेश हुनु सामान्य कमजोरी मात्र नभई सार्वजनिक स्रोतको प्रयोगप्रति पनि प्रश्न उठाउने विषय बनेको छ।

सरोकारवालाहरूले करदाताको पैसाले छापिएको शैक्षिक पात्रोको उद्देश्य शैक्षिक व्यवस्थापन, सूचना प्रवाह र विद्यालय सञ्चालनलाई सहज बनाउनु हो कि जनप्रतिनिधिको प्रचारप्रसार गर्नु हो? भन्ने प्रश्नको जवाफ गाउँपालिकाले दिनुपर्ने बताएका छन्।

शिक्षक, अभिभावक र विद्यार्थीहरूले पात्रोमा देखिएका सम्पूर्ण त्रुटिबारे गाउँपालिकाले आधिकारिक स्पष्टीकरण दिनुका साथै आवश्यक सच्याउने प्रक्रिया अघि बढाउन माग गरेका छन्।

🔴हेर्नुहोस् प्रकाशित पात्रो👇️👇️

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • समाचार
  • १

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    २ घण्टा अघि

  • २

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १0 घण्टा अघि

  • ३

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १२ घण्टा अघि

  • ४

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ५

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ६

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ७

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ८

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ९

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ४ दिन अघि

  • १०

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution