Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

२ घण्टा अघि
२

कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित

१२ घण्टा अघि
३

दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

२0 घण्टा अघि
४

गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

२ दिन अघि
५

राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

२ दिन अघि
६

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

२ दिन अघि
७

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता

३ दिन अघि
८

धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ

३ दिन अघि
९

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

३ दिन अघि
१०

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

३ दिन अघि
११

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ दिन अघि
१२

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ दिन अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

५ दिन अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
१०

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

२ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

  • बागमती कलम
  • ५६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार (२ घण्टा अघि)
धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब २४ करोड ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बिहीबार बसेको नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख दीपक विश्वकर्माले बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटअनुसार चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार रुपैयाँ तथा पूँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

आगामी बर्षको बजेट चालु आर्थिक वर्ष २०८२/८३ को बजेटभन्दा १ करोड ७ लाख ८३ हजार रुपैयाँ बढी रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार ३ गतेसम्म कुल १ अर्ब २६ करोड २९ लाख ४२ हजार ६ सय ६३ रुपैयाँमध्ये ७० करोड १८ लाख ५३ हजार ६१ रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ५५ दशमलव ५७ प्रतिशत हो।

आन्तरिक आयतर्फ ६ करोड ६० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ करोड ३७ लाख २६ हजार रुपैयाँ आम्दानी भएको छ, जुन ५६ दशमलव २१ प्रतिशत हो।

त्यस्तै राजस्वतर्फ १३ करोड ४ लाख ६४ हजार ४ सय १९ रुपैयाँ अनुमान गरिएकोमा ११ करोड २६ लाख २० हजार रुपैयाँ आम्दानी भएको छ, जुन ८६ दशमलव ३२ प्रतिशत रहेको छ।

क्षेत्रगत खर्च विवरणअनुसार आर्थिक विकासतर्फ १८ दशमलव ३४ प्रतिशत, सामाजिक विकासतर्फ ६७ दशमलव ७६ प्रतिशत, पूर्वाधार विकासतर्फ ३२ दशमलव ३९ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ४४ दशमलव ५३ प्रतिशत तथा कार्यालय सञ्चालन र प्रशासनिकतर्फ ३० दशमलव ४४ प्रतिशत खर्च प्रगति भएको उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो।

आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार तथा सुशासनलाई प्राथमिकता दिइएको छ।

कृषि तथा पशुपालन क्षेत्रका लागि बिउ वितरण, बाली संरक्षण, किसानसँग चौतारी, उत्कृष्ट उद्योग तथा बाली प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गरिने भएको छ।

भाषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि समेत बजेट व्यवस्था गरिएको छ।

शिक्षा क्षेत्रतर्फ कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन ८ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ नगर स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा उपकरण मर्मत–सम्भारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

युवा तथा खेलकुद क्षेत्रका लागि ५४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने युवाको सीप, उद्यमशीलता र नेतृत्व विकासका कार्यक्रमका लागि ९ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ।

रोजगारी सिर्जना तथा प्रवर्द्धनका लागि २५ लाख रुपैयाँ र वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा पुनःएकीकरण कार्यक्रमका लागि १७ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि ४० लाख रुपैयाँ तथा फोहोरमैला व्यवस्थापनका लागि थप ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

लिफ्ट खानेपानी योजनाको विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने लक्ष्यसहित विभिन्न सडक योजनाका लागि १३ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरका १४ वटै वडामा सडक स्तरोन्नति तथा कालोपत्रे कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

नगर सौन्दर्यीकरण तथा करिडोर निर्माणका लागि ४० लाख रुपैयाँ तथा विपद् व्यवस्थापन कोषका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

सूचना तथा प्रविधि क्षेत्रतर्फ नेटवर्क विस्तार, सिसी क्यामेरा जडान तथा मर्मत–सम्भारका लागि ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

न्यायिक समितिमार्फत मेलमिलाप, कानुनी सहायता तथा न्यायमा पहुँच अभिवृद्धि गर्न १३ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

यसैबीच नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, युवा, खेलकुद, पूर्वाधार, पर्यटन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

उहाँले सेवा प्रवाहलाई थप सरल, सहज, छिटो र पारदर्शी बनाउने, डिजिटल तथ्यांक प्रणाली स्थापना गर्ने, “एक वडा–एक उत्पादन” कार्यक्रमलाई परिष्कृत गर्दै “एक वडा–एक पहिचान” को अवधारणा कार्यान्वयन गर्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङलाई प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभयो।

त्यस्तै प्राविधिक तथा सीपमूलक शिक्षामा जोड, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नगर युवा तथा खेलकुद विकास समिति गठन, खेलमैत्री नगर अभियान सञ्चालन, नगर गौरवका आयोजना, चक्रपथ, करिडोर तथा नीलकण्ठ सिटी पार्क निर्माणलाई प्राथमिकतामा राखिएको छ।

पर्यटन प्रवर्द्धनका लागि होमस्टे विस्तार, नमुना बस्ती तथा स्मार्ट बस्ती विकास, दिगो विकास लक्ष्यको स्थानीयकरण, फोहोरमैला व्यवस्थापन तथा ‘एक घर–एक धारा’ अभियानलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र आर्थिक विधेयक–२०८३ सर्वसम्मत रूपमा पारित गरिएको छ। बजेट भने आगामी बैठकमा छलफलपछि पारित गरिने नगरपालिकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • IMG-20260617-WA0030

    कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित

  • received_2913100439032447

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

  • garmi

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

  • 720327927_1288379229720595_5313428411432585963_n

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

  • समाचार
  • १

    धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट
    २ घण्टा अघि

  • २

    कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित
    १२ घण्टा अघि

  • ३

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी
    २0 घण्टा अघि

  • ४

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे
    २ दिन अघि

  • ५

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने
    २ दिन अघि

  • ६

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ७

    राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता
    ३ दिन अघि

  • ८

    धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ
    ३ दिन अघि

  • ९

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    ३ दिन अघि

  • १०

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution