












धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ५० लाख ६७ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बिहीबार नेत्रावती डवजोङ गाउँपालिका १९औं गाउँसभामा गाउँपालिकाका उप-प्रमुख सिता गुरुङले पुँजीगत खर्चतर्फ ९ करोड २९ लाख र चालु खर्च ७ करोड ५० लाख रुपैयाँ गाउँसभामा पेश गर्नुभएको हो।
बजेट विवरण अनुसार शिक्षामा ३ करोड १०, स्वास्थ्यमा १ करोड ५० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक ८८ लाख ९५ हजार, आर्थिक विकासतर्फ ५६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
उहाँका अनुसार गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादनलाई जोड दिएर निति कार्यक्रम तथा बजेट ल्याएको छ।
गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले निति कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक सुधार, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापन, स्थानीय उत्पादनलाई बजारीकरण तथा ब्राण्डिङ गर्न जोड दिएको बताउनुभयो।
निति तथा कार्यक्रममा मदिरा तथा गुन्द्रुकलाई ब्राण्डिक गर्ने, होमस्टे संचालन गर्ने ,एक घर एक धारा, एक पक्की टर्नेल जस्ता कार्यक्रम बजेटको प्राथमिकतामा रहेका उल्लेख छ।
गाउँसभाको अवसरमा पालिकामा सबै भन्दा बढी राजस्व संकलन गर्ने वडा नम्बर १ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता ठाकुर गुरुङ र वडा सचिव राकेश भुललाई सम्मान गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |