


























धादिङ । धादिङमा लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा ७ जना चालक पक्राउ परेका छन्।
सोमबार गजुरी गाउँपालिका-६ जहरेस्थित पृथ्वीलोक मार्गमा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको सहयोगमा तथा मंगलबार नीलकण्ठ नगरपालिका-३ पुच्छारबजारस्थित जनस्वास्थ्य कार्यालय धादिङको सहयोगमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागूपदार्थ सेवन परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि ७ जना चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा म.प्र. ०३–००२ ख २५८६ नम्बरको टेलर चालक धादिङको गल्छी गाउँपालिका–६ का ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ, ना ३ ख ९४१८ नम्बरको ट्याङ्कर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ का २४ वर्षीय स्वालम हवारी, बा.प्र. ०२–०२३ प ४५२६ नम्बरको मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय दिवस आले मगर र बा.प्र. ०३–००१ ज १२५९ नम्बरको हाईस चालक नवलपरासीको गैँडाकोट नगरपालिका–१७ का २१ वर्षीय भुमिराज महतो रहेका छन्।
त्यसैगरी बा.प्र. ०२–०६२ प १३४९ नम्बरको मोटरसाइकल चालक लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ का २६ वर्षीय प्रविन भण्डारी, बा ४१ प ८७४१ नम्बरको मोटरसाइकल चालक धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी २३ वर्षीय सञ्जय सिलवाल र ना ७ ख ७२७० नम्बरको बस चालक सिद्धलेक गाउँपालिका–२ निवासी ३४ वर्षीय टोपबहादुर थापा रहेका छन्।
जिल्लाभित्र चालु चैत महिनादेखि हालसम्म लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ३० जना चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
उनीहरूविरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
चालकलाई लागूपदार्थ तथा मादक पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी साधन चलाउन प्रहरीले आग्रह गरेको छ।
कुनै चालकले लागूपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाएको, लापरवाही गरेको वा ट्राफिक नियम उल्लंघन गरेको देखिएमा जिल्ला प्रहरी कार्यालय धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |