


























धादिङ । लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीले लायन वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङका दुई स्थानमा रक्तदान कार्यक्रम गरेको छ।
‘One Drop of Humanity, Give Blood, Save Lives’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कुल १ सय ११ जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको कार्यक्रम अन्तर्गत कारागार कार्यालय धादिङमा ५८ जना पुरुषले रक्तदान गरेका थिए।
त्यसैगरी धादिङ अस्पतालमा आयोजित कार्यक्रममा ४४ जना पुरुष र ९ जना महिला गरी ५३ जनाले रक्तदान गरेका थिए। दुवै स्थानमा गरी कुल १११ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम), लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिपार्टमेन्ट चिफ लायन कृष्णबहादुर पौडेल, रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाल, जोन चेयरपर्सन लायन बद्री अधिकारी, क्लबका निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्मा, अध्यक्ष लायन राजाराम रिजाल, कारागार कार्यालय धादिङका कारागार प्रशासक इन्द्रबहादुर खतिवडा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लभकुमार तामाङ, कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ तथा प्रथम उपाध्यक्ष लायन डा.दिनेश रेग्मी लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, कार्यक्रमको अवसरमा पाँच जना पत्रकारलाई सम्मान गरिएको छ।
क्लबका सामाजिक तथा मानवीय सेवामूलक गतिविधिहरूको प्रभावकारी सूचना प्रवाहमार्फत योगदान पुर्याएको भन्दै उनीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

सम्मानित हुने पत्रकारहरूमा धादिङ पोस्टका सम्पादक नारायण सिलवाल, एपी वान टेलिभिजन धादिङका संवाददाता विकास रौनियार, नेपालपथ डटकमका सम्पादक अर्जुन श्रेष्ठ, बागमती कलम डटकमका सम्पादक अनिल नेपाली र साचो खबर एचडीका सम्पादक अशोक श्रेष्ठ रहेका छन्।
लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीले धादिङ जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा रक्तदान, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |