

धादिङ। नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङबेसीले स्नातक तहको नयाँ भर्ना अभियानलाई प्रभावकारी बनाउन टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच २०८३ सालको स्नातक तहको भर्ना अभियानसँग सम्बन्धित टिकटक भिडियो प्रतियोगिता सञ्चालन गरिने क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले आफ्नो नाम दर्ता गरी भर्ना अभियानसँग सम्बन्धित भिडियो तयार गर्नुपर्नेछ।
प्रतियोगिताका लागि तयार गरिएको भिडियो टिकटकमा अपलोड गर्नुअघि २०८३ साउन २५ गतेभित्र क्याम्पस प्रशासनमा पेश गर्नुपर्नेछ। क्याम्पस प्रशासनबाट स्वीकृति प्राप्त भएपछि मात्र भिडियो व्यक्तिगत टिकटक पेजमार्फत सार्वजनिक गर्न पाइने जनाइएको छ।
प्रतियोगितामा सहभागी भिडियोको विषयवस्तु, प्रस्तुतीकरण तथा आगामी भदौ १० गतेसम्म प्राप्त हुने टिकटकका भ्युज, लाइक र सेयरका आधारमा उत्कृष्ट भिडियो छनोट गरिने क्याम्पसले जनाएको छ।
क्याम्पसका अनुसार उत्कृष्ट हुने प्रतियोगीलाई प्रथम, द्वितीय र तृतीय स्थानअनुसार क्रमशः नगद रु. ३ हजार, २ हजार र १ हजार, सहित प्रमाणपत्र प्रदान गरिनेछ।
मूल्याङ्कनमा विषयवस्तु र प्रस्तुतीकरणलाई ५० अंक तथा टिकटकमा प्राप्त भ्युज, लाइक र सेयरलाई ५० अंक प्रदान गरी कुल १०० अंकका आधारमा नतिजा निर्धारण गरिने क्याम्पसले जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |