

धादिङ । नीलकण्ठ नगरपालिका-१२, मालेबगरका करिब १५० जना घरजग्गाधनीले लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका छन्।
करिब ८ वर्षदेखि जग्गा रोक्का रहँदा घरजग्गा किनबेच तथा हस्तान्तरण, बैंकिङ कारोबार, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेलगायतका कानुनी काममा समस्या भएको भन्दै उनीहरूले रोक्काको वास्तविक कारण, निर्णय तथा आदेशबारे स्पष्ट जानकारी माग गरेका हुन्।
स्थानीयका अनुसार धादिङ जिल्लाको साविक सांकोस अन्तर्गत कित्ता नं. ९३६ भीमसेन श्रेष्ठ र कित्ता नं. ९३७ चिजकुमार श्रेष्ठको नाममा रहेको थियो।
ती मूल कित्ताबाट विभिन्न समयमा कानुनी रूपमा किनबेच तथा नामसारी हुँदै हाल करिब १५० जनाको नाममा घरघडेरी कायम भएको उनीहरूको भनाइ छ।
कानुनी प्रक्रियाबाट जग्गा खरिद गरी आफ्नो नाममा नामसारी गरिसकेको अवस्थामा समेत वर्षौँदेखि रोक्का कायम रहँदा आफूहरू प्रत्यक्ष प्रभावित भएको जग्गाधनीहरूले बताएका छन्।
ज्ञापनपत्रमा जग्गा रोक्का गर्ने निकाय, रोक्का गरिएको मिति, रोक्काको कारण तथा रोक्का सम्बन्धी निर्णय, पत्र वा आदेशको प्रतिलिपि वा विवरण उपलब्ध गराउन प्रशासनसँग माग गरिएको छ।
त्यस्तै, प्रचलित कानुनबमोजिम रोक्का फुकुवा गर्न मिल्ने अवस्था भए आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र फुकुवा गरिदिन उनीहरूले अनुरोध गरेका छन्।
रोक्का फुकुवाका लागि थप प्रमाण वा कागजात आवश्यक भए त्यसबारे स्पष्ट जानकारी दिई सम्बन्धित जग्गाधनीलाई आवश्यक सहजीकरण गर्नसमेत माग गरिएको छ।
करिब १५० जना जग्गाधनी एउटै समस्याबाट लामो समयदेखि प्रभावित भएको भन्दै स्थानीयहरूले समस्या समाधानका लागि प्रशासनबाट आवश्यक छानबिन तथा पहल गरिदिन आग्रह समेत गरेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |