

काठमाण्डौ । रोल्पाको थबाङ गाउँपालिका ५ उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
अझै तीन जना बेपत्ता रहेका रोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरु ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् ।
पहिरोमा घाइते भएका दुईजनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । पहिरोमा परेर ९ वटा घर, एक घुम्ती पसल, दुई गोठ र एक चर्च गरी १३ वटा संरचना बगाएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका पशुचौपायाको संख्या र अरु क्षतिको गणना नै हुन नसकेको स्थानीयबासिन्दाले बताएका छन् । स्थानीयबासिन्दाका अनुसार पूर्वी रोल्पाको सुलिचौरदेखि उवा हुँदै थबाङ पुग्ने सडक त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बन्दा लेदोसहितको पहिरो खसेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |