

धादिङ । सिद्धलेक गाउँपालिका=७ को वडा कार्यालयमा ९ दिनदेखि लागेको ताला खुलेको छ।
करार कर्मचारी शान्ति मगरातीलाई सेवाबाट हटाइएको विरोधमा स्थानीयले साउन २५ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका थिए।
मगरातीलाई पुनर्बहाली गर्ने निर्णयसहितको पत्र प्राप्त भएपछि स्थानीयले भदौ २ गते वडा कार्यालयको ताला खोलेका हुन्।
लामो समयसम्म कार्यालय बन्द हुँदा वडाबाट प्रवाह हुने नियमित प्रशासनिक सेवा प्रभावित बनेको थियो।
सेवा लिन पुगेका सर्वसाधारणसमेत समस्यामा परेका थिए।
मगरातीले पछिल्लो समय वडा सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले साउन ६ गते पत्रमार्फत पालिकाको निर्णय अनुसार दरबन्दीभन्दा बाहिर करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने जानकारी गराउनुभएको थियो।
तर, मगरातीलाई हटाउने निर्णयप्रति स्थानीयले असन्तुष्टि जनाउँदै व्यक्तिगत इगोका कारण उहाँलाई सेवाबाट हटाइएको आरोप लगाएका थिए।
मगरती पुनर्बहाली नभएसम्म तालाबन्दी नखोल्ने अडान लिँदै स्थानीयले जबर्जस्ती कार्यालय खोल्न खोजिए कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएका थिए।
स्थानीयको दबाब र विरोधपछि मगरातीलाई पुनर्बहाली गरिएको हो। पुनर्बहालीपछि उहाँलाई सिद्धलेक गाउँपालिका-४ को वडा सचिवको जिम्मेवारी दिएर खटाइएको छ।
यससँगै ९ दिनदेखि अवरुद्ध वडा कार्यालयको सेवा पुनः सञ्चालनमा आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |