

धादिङ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर (शेरबहादुर देउवा पक्ष) ले १५औँ महाधिवेशन अन्तर्गत आजबाट धादिङ जिल्लामा नियमित वडा अधिवेशन सुरु गरेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन स्वीकार नगरेका नेता शेरबहादुर देउवा पक्षीय कांग्रेसले आज दुई दर्जन वडाहरुको अधिवेशन सम्पन्न गरेको अधिवेशन तयारी समितिको जिल्ला संयोजक गोपाल विश्वकर्माले जानकारी दिनुभयो ।
संयोजक विश्वकर्माका अनुसार ल्लिाको सिद्दलेक, नीलकण्ठ, त्रिपुरासुन्दरी लगायत धादिङ क्षेत्र नम्बर १ का वडाहरुमा अधिवेशन सम्पन्न भएको छ।
घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज १५ गतेबाट वडाअधिवेशन गर्ने र प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मङ्सिर ४ गते हुने तय गरिएको छ ।
यसैगरी, पार्टीको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न हुने कार्यतालिका छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |