

धादिङ । सिद्धलेक गाउँपालिका-४ बुङचुङस्थित आयाम इङलिस स्कुलमा बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार बिद्यालयमा विद्यार्थी तथा शिक्षक,शिक्षिकालाई विजयादशमीको टीका र जमरा लगाई दक्षिणा दिएर चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
विद्यार्थीहरुलाई नेपालीहरुको महान चाडपर्व दशै, तिहारको महत्व र आफ्नो संस्कृतिको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुलाई दशैंमा मान्यजनबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्नुको महत्त्व लगायतको बारे जानकारी गराइएको विद्यालयकी प्रिन्सिपल ममिता अर्यालले जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारबीच आपसी सद्भाव, एकता र आत्मीयता बढाउन सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा बिद्यार्थीहरुले दशै विशेष नृत्यमा आआफ्नो कला प्रस्तुत गरेका थिए।
विद्यालयले हरेक चाडपर्वमा बिभिन्न कार्यक्रमहरु (¥याली, नृत्य तथा सडक नाटक) गरी मनाउदै आएको छ। दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ८ सम्म अध्यापन भईरहेको छ ।
विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो।
विद्यालयमा करिब ३०० बिद्यार्थी, २१ जना शिक्षक शिक्षिका र कर्मचारी रहेका छन्।
तस्विर हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |