

धादिङ। सिद्धलेक गाउँपालिका-५ स्थित बाग्बच्छला माई मन्दिरमा खानेपानीको समस्या समाधान गर्न स्थायी रूपमा पानी ल्याउन पहल गरिएको छ।
मन्दिरमा अस्थायी रूपमा ल्याइएको पानी विभिन्न कारणले अभाव भएपछि दुईधारे खोल्सामा रहेको मुहानबाट पानी ल्याउने निर्णय गरिएको बाग्बच्छला मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष बुद्धबहादुर गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार पाइप खरिद तथा विस्तारका लागि स्थानीय समाजसेवी तथा सहयोगी व्यक्तिहरूले आर्थिक र भौतिक सहयोग गरेका छन्।
सिद्धलेक-५ निमखर्क निवासी तथा हाल वैदेशिक रोजगारीको सिलसिलामा चीनमा रहनुभएका समाजसेवी राज श्रेष्ठले २० हजार रुपैयाँ र हाल चितवन–धादिङ फास्ट फुड सञ्चालन गर्दै आउनुभएका अर्जुन श्रेष्ठले १६ हजार ६०० रुपैयाँ सहयोग गर्नुभएको छ।
यसैगरी, सिद्धलेक-५ सेतोघर निवासी सुदीप श्रेष्ठको विशेष पहलमा जिल्ला खानेपानी डिभिजन कार्यालय धादिङबाट २० एमएमको ६०० मिटर पाइप सहयोग प्राप्त भएको र आफ्नो तर्फबाट १४ हजार ४०० रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्य बुद्धबहादुर गुरुङले बताउनुभयो।
मन्दिरमा नियमित रूपमा आउने भक्तजनलाई खानेपानीको सहज व्यवस्था गर्ने उद्देश्यले सुरु गरिएको यस पहलले मन्दिरमा पानीको समस्या समाधान गर्न सहयोग पुग्ने र मन्दिरको विकास तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |