




काठमाण्डौ । काठमाण्डौमा यस वर्षको तिहारमा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने फ्लोरिकल्चर एसोसिएशन नेपालले अनुमान गरेको छ।
फ्लोरिकल्चर एसोसिएशनले आज पत्रकार सम्मेलन आयोजना गरेर तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र थरीथरी फूलका ६० हजार माला खपत हुने जनाएको हो।
एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ५२ लाखमध्ये ४० लाख अर्थात् झन्डै ७७ प्रतिशत माला स्वदेशी उत्पादनबाटै तयार हुने अपेक्षा छ। ५२ लाख फूलका मालाका लागि झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने उहाँले जानकारी दिनुभयो।
एसोसिएशनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ।
मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । झन्डै ३९ हजार जनाले मेला अवलोकन गर्ने अनुमान छ। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |