






धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ नलाङ बलमडाँडामा सञ्चालित पि.एण्ड जी मौरीपालन उद्योग बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मानमा उत्कृष्ट घोषित भएको छ।
उद्योगले ६७ अंक प्राप्त गर्दै धादिङ जिल्लाबाट सहभागी उद्यमीमध्ये उत्कृष्ट स्थान हासिल गर्दै नगद ७५ हजार रुपैयाँसहित सम्मानित भएको हो।
बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा उद्योग सञ्चालक गोमा सिंखडालाई सम्मानपत्र, खादा तथा फूलमालासहित सम्मान गरिएको थियो।
कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगर, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापती,मन्त्रालयका प्रदेश सचिव गीता कुमारी होमेगाई लगाएतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
प्रदेश सरकारले १३ जिल्लाका उत्कृष्ट उद्यमी र प्रदेशकै सर्वोत्कृष्ट एक उद्यमी गरी १४ जना उद्यमीलाई पुरस्कृत गरेको हो। जिल्लास्तरका उत्कृष्ट उद्यमीलाई नगद ७५ हजार रुपैयाँ र प्रदेशकै सर्वोत्कृष्ट उद्यमीलाई २ लाख रुपैयाँ प्रदान गरिएको छ।
सिद्धलेक गाउँपालिका–१ नलाङ बलमडाँडामा गोमा सिंखडा र पूर्णप्रसाद सिंखडाले सञ्चालन गर्दै आएको पि.एण्ड जी मौरीपालन उद्योग व्यावसायिक मौरीपालन तथा मह उत्पादनमा सक्रिय छ। नौ वर्षअघि २० घार मौरीबाट सुरु गरिएको व्यवसाय अहिले करिब ३०० घारमा विस्तार भएको छ।
पूर्णप्रसाद सिंखडा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो। व्यवसाय विस्तार हुँदै जाँदा समय व्यवस्थापनमा कठिनाइ भएपछि उहाँले शिक्षण पेसा छाडेर श्रीमतीसँगै पूर्णकालीन रूपमा मौरीपालनमा लाग्नुभएको हो। सिंखडा दम्पतीको उद्योगबाट वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको र बार्षिक १० लाख आम्दानी गर्न सफल भएको पूर्णप्रसाद सिंखडाले बताउनुभयो ।
मुख्य रूपमा नेपालको रैथाने एपिस सेरेना जातका मौरी पालन गर्दै आएको र पहाडी भूगोल र स्थानीय वनस्पतिमा अनुकूल मानिने यस जातका मौरीबाट उत्पादन हुने महलाई बजारमा राम्रो माग रहेको उहाँको भनाइ छ।
हाल फार्मबाट वार्षिक तीन सयभन्दा बढी मौरीसहितका घार, पाँच सयभन्दा बढी खाली घार र पाँच सय किलोभन्दा बढी मह बिक्री हुँदै आएको छ।
सम्मानित हुने उद्यमीहरु







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |