काठमाडौं ।सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
काठमाडौं नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा-९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |