धादिङ। ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत धादिङले धुनीबेशी नगरपालिका–३ का १९ वर्षीय निरन ठकुरीलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको मंसिर २३ गते इजलासले कसुरदारलाई एक वर्ष कैद, २० हजार जरिवाना र पीडितलाई ५१ हजार क्षतिपूर्ति दिने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो ।
ठकुरीलाई मंसिर १६ गते कसुर कायम गरेपछि साजाय निर्धारणको लागि पेश भएको उहाँको भनाई छ ।क्षतिपूर्ति रकम कसुरदारले अदालतमा बुझाउने व्यवस्था छ।
०८१ असोज १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा सोही दिन गिरफ्तार गरि हिरासतमा लिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत असोज १५ गते जिल्ला अदालतमा दर्ता भएको यौन दुर्व्यवहारको मुद्दा तिन पेसीमा फैसला भएको हो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |