

धादिङ,१० कात्तिक।
धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ९२ प २३ ६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो।
गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका मोटरसाइकलमा पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसको आगोप्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |