

धादिङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको धादिङ जिल्ला इन्चार्जमा सुनिल तामाङ र धादिङ जिल्ला संयोजकमा किरण पाठक चयन हुनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले तामाङ र पाठकलाई उक्त जिम्मेवारी दिएको हो।
यसअघि तामाङ धादिङ जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो भने पाठक उपाध्यक्ष हुनुहुन्थ्यो ।
केन्द्रीय कमिटिको बैठकले धादिङकै दिलिप पौडेललाई युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित गरी बागमती प्रदेशको सह इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमती प्रदेशको संयोजकमा हरिशरण जम्कट्टेल र बागमती प्रदेश अन्तर जिल्ला संयोजकमा शिब ओझालाई चयन गरेको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |