

धादिङ । सामाजिक विभेद र कुसंस्कार विरुद्ध आफ्नो बाबुको काजक्रियामा रहेका नेकपा एमाले धादिङका सचिव राधिका सापकोटा, बनेपा नगरपालिकाका उपप्रमुख तथा अनेमसंघ काभ्रेका अध्यक्ष विमला सापकोटा र वौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा सहित परिवारलाई समवेदना दिन नेकपा एमाले धादिङका केन्द्रीय नेतादेखि जिल्ला तहका नेताहरु काभ्रेको रयाले पुगेका छन् ।
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, बागमति प्रदेश कमिटि सचिव नवराज सिलवाल, धादिङ जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष अर्जुन श्रेष्ठ, युवा संघका अध्यक्ष किरण पाठक, लगायतका नेताहरु पनौती नगरपालिका वडा नम्बर १ रयालेको पर्खालचौर पुगेर सापकोटा परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।
एमाले उपाध्यक्ष शाक्यले सामाजिक बहिस्कारका बाबजुत बाबुको काजक्रिया गरेर सामाजिक रुपान्तरण गर्न सकेकोमा ऐक्यवद्धता जनाउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
एमाले धादिङका अध्यक्ष त्रिपाठीले परिवर्तका लागि जिवन हत्कोलामा राखेर लडेका सापकोटा परिवारको कुप्रथा, सामन्तबाद र कुसंस्कार विरद्धको विद्रोह प्रति ऐक्यवद्धता जाहेर गर्नुभयो ।
वि.सं. १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित रहनुभएको थियो ।
२०५३ सालमा श्रीमतिको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुरव्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आउनुभएको थियो । हरिप्रसाद सापकोटाको ०८२ साउन २५ गते निधन भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |