

धादिङ । बागमती प्रदेश सरकारका नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले सरकार जनताका असन्तुष्टिहरु समाधान गर्न तर्फ लागेको बताउनुभएको छ ।
पछिल्लो समय नागरिकहरुमा असुन्तुष्टि बढेको भन्दै उहाँले प्रदेश सरकार समस्या र आवश्यकताको सम्बोधन गर्नेतर्फ तल्लिन रहेको बताउनुभएको हो ।
आईतबार धादिङबेशीमा विभिन्न संचार माध्यम तथा संघ संस्थाले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रजातन्त्रमा असुन्तुष्टि हुन्छ । प्रजातन्त्र भए मात्रै असुन्तुष्टिका कुराहरु आउने हो,सम्भव त छैन । तर लोकतन्त्र तथा प्रजातन्त्र रहेन भने असन्तुष्टिहरु पनि आउँदैनन् । त्यसैले पनि हामी नागरिकका समस्या र आवश्यकताको सम्बोधन गर्नेतर्फ तल्लिन छौं ।’
मन्त्री अधिकारीले प्रजातन्त्रमा राजनितिमा प्रतिशोध नभई तत्काल सम्झौता गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो ।
‘राजनिति भनेको प्रतिशोधको राजनीति हुदैन । प्रजातन्त्रमा प्रतिशोधको राजनिति हुदैन । प्रजातन्त्रमा आज नै सम्झौता गर्न सक्ने क्षमता राख्नु पर्छ’ उहाँले भन्नुभयो ।
उहाँले लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन युवा पुस्तालाई राजनीतिक प्रशिक्षण, सचेतना र व्यवहारिक अभ्यास गर्नु पर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रमको थप तस्विरको लागि तलको लिकं क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |