

काभ्रे । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले हरिप्रसाद सापकाेटाकाे मृत्युु भएकाेमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएकाे छ ।
प्रम ओलीले सापकाेटा परिवारमा परेकाे शाेककाे घडीमा दुख व्यक्त गर्न टेलिफोन गरेर छाेरीहरुले गरेकाे साहस र सामाजिक चेतना तथा परिवर्तनकाे कामकाे प्रशंसा गर्नुभएकाे छ ।
नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाकाे नम्बरमा फाेन गरेर बाबुकाे काजक्रियामा बस्नुभएका बनेपा नगरपालिका उपप्रमुख बिमला सापकाेटा, बाैद्धिक परिषद काभ्रेका काेषाध्यक्ष निर्मला सापकाेटा र नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले गर्नुभएकाे समाज परिवर्तन सचेतनाकाे प्रशंसा गर्नुभएकाे छ ।
वि.सं. १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित रहनुभएको थियो ।
२०५३ सालमा श्रीमतिको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुरव्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आउनुभएको थियो ।
हरिप्रसाद सापकोटाको ०८२ साउन २५ गते निधन भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |