

धादिङ । नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले जिल्लाको पाँच वटा पालिकामा अधिबेशन गर्ने भएको छ ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल धादिङका संयोजक किरण पाठकको अध्यक्षतामा बसेको बैठकले पाँच वटा पालिकामा अधिबेशन गर्ने निर्णय गरेको हो ।
बैठकले अधिवेशनको मिति सार्वजनिक गरेको छ ।
जसअनुसार भदौ २४ गते ज्वालामुखी गाउँपालिका, भदौ २७ गते बेनीघाट रोराङ गाउँपालिका, भदौ २८ गते धुनीबेसी नगरपालिका, भदौ ३० गते नेत्रावती डबजोङ गाउँपालिका र असोज ६ गते नीलकण्ठ नगरपालिकामा अधिवेशन हुने भएको छ ।
त्यसैगरी बैठकले असोज ११ गते धादिङबेसीमा दशैं–तिहार विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |