

धादिङ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद समेत रहेका अधिकारीले आइतबार राजीनामाको घोषणा गर्नुभएको हो ।
भदौ २३ गते मुलुकका विभिन्न स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको विरोध गर्दै युवापुस्ताले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलनमा भएको दमन, गोली प्रहार र बालबालिकासहितको ज्यानहानिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेसँगै मन्त्री पद छाड्ने घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले दिएको शिक्षा विपरीत हुने भएकाले राजीनामा दिएको हुँ।”





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |