

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु हुँदैछ ।
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आजदेखी १९ गतेसम्म नलाङ पात्ले माविको प्राङगणमा ‘प्रतियोगिता हुनेछ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १४ टोली सहभागी छन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
जसअन्तरगत समूह ए मा चक्रदेवी सेवा समाज नलाङ, जिवन ज्योति युवा क्लब नलाङ, बराम समाज नलाङ, घले हार्वेस गोरखा छन् भने समूह बि मा मेगाङ गाउँपालिका नुवाकोट, जे.वाई.सि नलाङ र नवक्षितिज युवा क्लब नलाङ छन् ।
त्यस्तै समूह सि मा धादिङको ज्वालामुखी गाउँपालिका, गल्छी गाउँपालिका र सिद्धलेक गाउँपालिका रहेको छ भने समूह डि मा पञ्चकन्या गाउँपालिका नुवाकोट, नवकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ र दुप्चेश्वर गाउँपालिका नुवाकोट रहेको रेफ्री संयोजक सोम श्रेष्ठले बताउनुभयो।
उद्घाटन खेलमा बिहान ९ बजे चक्रदेवी सेवा समाज र जिवन ज्योति युवा क्लब भिड्ने छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (१२ जना नै एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ । प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न आयोजकले अपिल गरेको छ ।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।
हेर्नुहोस् खेल तालिका






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |