

धाादिङ । आगामी प्रतिनिधि सभा निर्वाचनको निष्पक्ष, पारदर्शी र प्रभावकारी पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुनर्गठन गरिएको छ।
सर्वपक्षिय छलफल, समावेशिताको सुनिश्चितता र भौगोलिक तथा सामाजिक विविधताको आधारमा १३ सदस्यीय समिति गठन गरिएको हो।
पुनर्गठित समितिको संयोजकमा अधिवक्ता कृष्णराज अधिकारी चयन हुनुभएको छ ।
गैसस महासंघ धादिङकी निः अध्यक्ष अधिवक्ता तोला कुमारी पाठक सह–संयोजक, धादिङ उद्योग वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेश अधिकारी सचिव, र तिलक सिम्खडा कोषाध्यक्षमा चयन हुनुभएको छ ।
समितिमा नेपाल मानव अधिकार संगठन धादिङका ईश्वर थापा मगर, नेपाल पत्रकार महासंघ धादिङका सन्तोषराज श्रेष्ठ, दलित सेवा संघ धादिङका श्यामबहादुर मगराती, बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङका गर्भेबहादुर मिजार, गैसस महासंघकी आईती माया तामाङ, रेडियो बिहानीका नीर तामाङ, पत्रकार शुशिला विक र अशोक श्रेष्ठ सदस्यका निर्वाचित हुनुभएको छ ।
पुनर्गठित समितिले आगामी निर्वाचनमा पारदर्शिता, स्वतन्त्रता, निष्पक्षता र मतदाताको अधिकार सुनिश्चित गर्न सक्रिय तथा जिम्मेवार रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
पुनर्गठन घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी सहित जिल्लाका मानव अधिकारकर्मी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा नागरिक समाजका सरोकारवालाहरूको सहभागिता उल्लेखनीय थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |