

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१, नलाङ बैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय स्थापना गरिएको छ।
शनिबार एक कार्यक्रमका बीच नलाङ बैरेनीका स्थानीय ८६ वर्षीय वयोवृद्ध तोयानाथ बलराम अर्यालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी ३२ जना रास्वपा प्रवेश गरेको रास्वपाको सिद्धलेक पालिका सभापति रकिम अन्सारीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा रास्वपा धादिङ जिल्ला सभापति सुर्यमणि पाठक, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति तथा प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवार श्रवण त्रिपाठी, जिल्ला सहसचिव राम भण्डारी, क्षेत्रीय सदस्य चन्द्रमान तामाङ, गल्छी गाउँपालिकाका सभापति कुमार रिमाल लगायतको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |