

धादिङ । रुवी भ्याली गाउँपालिकाले गाउँपालिका कार्यालयमा आयोजित बैठकमा भएको अभद्र तथा हिंसात्मक व्यवहारप्रति गम्भीर खेद प्रकट गरेको छ।
आईतबार गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थानीय सरोकारवालाहरू तथा गाउँपालिका भित्र सञ्चालित जलविद्युत् कम्पनीको संयुक्त आयोजनामा जग्गा विवाद तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विषयमा छलफल गर्न बैठक आयोजना गरिएको थियो।
बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा जलविद्युत् कम्पनीका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
तर बैठकको क्रममा केही बाह्य तथा असम्बन्धित व्यक्तिहरू प्रवेश गरी उपस्थित जनप्रतिनिधि तथा जलविद्युत् कम्पनीका अधिकारीहरूमाथि अपशब्द प्रयोग गर्ने, हातपात गर्न खोज्ने र अभद्र व्यवहार देखाउने कार्य गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङ र उपाध्यक्ष फेलामा तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै गाउँपालिकाले घटनाको घोर भर्त्सना गरेको छ।
“यस किसिमका गतिविधिले विकास निर्माणका कार्य, समन्वय, सहकार्य र सहअस्तित्वको वातावरणलाई प्रभावित पार्ने भएकाले सबै पक्ष अत्यन्त संयमित र संवेदनशील हुन जरुरी छ।”,विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले स्थानीयवासी तथा सरोकारवालाहरूलाई कुनै पनि समस्या शान्तिपूर्ण र कानुनी माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |