

धादिङ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार छनौटमा विभेद गरेको भन्दै एमाले कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
नेकपा एमाले केन्द्रीय सचिवालयले धादिङ क्षेत्र नम्बर २ का लागि संविधान सभा सदस्य समेत रहेका एमाले नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेको थियो ।
तर सो निर्णय उल्टाउदै सोमबार घलेको नाम हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि पहिलाको निर्णय कार्यान्वयन गर्न माग गर्दै तालाबन्दी गरेको झार्लाङका एमाले कार्यकर्ता इमान तामाङले जानकारी दिनुभयो ।
गंगाजमुना, खनियाबास, रुबीभ्याली, त्रिपुरासुन्दरी लगायतका एमाले कार्यकर्ताले तालाबन्दी गरि कार्यालयमा धर्ना समेत दिएका छन् ।
धनबहादुर घलेको नाममा टिकट दिनुपर्ने र पछि गरिएको निर्णय सच्याउनुपर्ने एमाले २ नम्बर क्षेत्रका कार्यकर्ताको भनाई छ ।
पार्टीको निर्णय प्रक्रिया अपारदर्शी भएको, स्थानीय संगठनको भावना बेवास्ता गरिएको तथा लामो समयदेखि संगठनमा योगदान दिएका नेतामाथि अन्याय गरिएको उनिहरुको आरोप छ ।
माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी कार्यकर्ताहरूले दिएका छन्। यस विषयमा एमाले धादिङ जिल्ला कमिटी तथा केन्द्रीय नेतृत्वको औपचारिक प्रतिक्रिया भने हालसम्म आएको छैन।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |