

धादिङ । नेकपा एमाले धादिङ-२ का उम्मेदवार धनबहादुर घले सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाटमा ब्यस्त हुनुहुन्छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि त्रिपुरासुन्दरी गाउँपालिका-२ को सल्यानटारका विभिन्न बस्तीहरुमा मतदाताहरुसंग भेटघाट गरिरहनुभएको छ ।
मतदातासंगत भेट्दै उम्मेदवार घलेले बुढी गडीगण्डकी जलविद्युत परियोजनाबाट विस्थापित नागरिकको बस्ती विकास, सडक खानेपानी र शिक्षाको व्यवस्थित योजना सहित निति बनाएर विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गर्दै सुबिधासम्पन्न अस्पताल बनाउन पहल गर्ने बताउनुभयो ।
साथै बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गर्न दवाव दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनस्थापना, बस्ती विकास गर्ने योजनामा दवाव दिने उम्मेदवार घलेले मतदातासंग प्रतिवद्धता गर्नुभयो ।
घलेले सोमबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटार स्थित छापगाउ, बेलगाउँ, बौसा गाउँ, ठूलो गाउँ, सानागाउँ, देबिथान, सिकटार लगायतका स्थानहरुका मतदाताहरु भेट्दै गुनासो, सुझाव संकलन तथा छलफल गर्दै प्रतिवद्धताहरु व्यक्त गर्नुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |