

धादिङ- रास्वपा उम्मेदवार बोध नारायण श्रेष्ठले धादिङको विकासको दिर्घकालिन योजना बनाउन लागि परेको बताउनुभएको छ।
सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमार्फत हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध विकास नभएको उल्लेख गर्नुभयो।
श्रेष्ठले सामाजिक सुरक्षा कार्यक्रम नागरिकले सेवा पाउनेगरि परिमार्जन गर्नुपर्ने, कृषि पर्यटनको विकास र विकासलाई सहजीकरण गर्ने योजनामा आफू रहेको बताउनुभयो ।
रिसर्च र इनोभेशनलाई अबलम्बन गरेर विकासका काम गर्ने निति बनाउन आफूले जनताको मत पाउने उल्लेख गर्दै सुसंस्कृत राजनीति गरेर जनताको गुनासो र प्रश्न बुझ्दै गाउँगाउँ पुगेको श्रेष्ठको भनाइ छ ।
पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार श्रेष्ठ, चुनाव परिचालन समितिका संयोजक डा. कृष्णमान शाक्य लगायतका रास्वपाका नेताहरु कार्यक्रममा सहभागि हुनुभएको थियो ।
रास्वपाले त्रिपुरासुन्दरी, ज्वालामूखी, नीलकण्ठ, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाट कार्यक्रम गरीरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |