

धादिङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) धादिङ-२ का प्रतिनिधिसभा उम्मेदवार धनबहादुर घलेले गाउँ-टोल केन्द्रित घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ ।
घरदैलोका क्रममा मंगलबार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बस्ती बस्तीमा पुगेर कृषकहरूको संरक्षण, युवा पुस्ताका जायज माग पूरा गर्ने तथा महिलाहरूको विकासका लागि कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अभियानकै क्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को लाहेका स्थानीयवासीहरूले उम्मेदवार घलेलाई मागपत्र बुझाएका छन् । मागपत्रमा पक्की सडक निर्माण, खानेपानी लिफ्टिङ प्रणाली जडान तथा सिँचाइको उचित व्यवस्था गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
मागपत्र बुझ्दै उम्मेदवार घलेले ती सबै विषयलाई प्राथमिकतामा राखी बजेट ल्याउन पहल गर्ने र निर्वाचित भएपछि विकासका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने बताउनुभयो ।
स्थानीयहरूले विकासका ठोस काम र दिर्घकालीन समाधान अपेक्षा गरेको भन्दै उम्मेदवार घलेले जनताको आवाजलाई संसदसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |