

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेत्रावती डवजोङ गाउँपालिकाको टिखाढुङमा पालिकास्तरीय सम्पर्क कार्यालय स्थापना गरेको छ।
घरदैलो अभियानमा जुटेका धादिङ क्षेत्र नं.२ का उम्मेदवार बोधनारायण श्रेष्ठ, जिल्ला उपसभापति गोपाल गुरुङसहितका नेताहरूको उपस्थितिमा बुधबार कार्यालयको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा केन्द्रीय नेता तथा समानुपातिक उम्मेदवार बसुमाया तामाङले भ्रष्टाचार अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्न रास्वपाको जित आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उम्मेदवार श्रेष्ठले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट र सुझाव संकलन भइरहेको जानकारी दिँदै सीमित समयका कारण सबै स्थान पुग्न नसकिएकोमा मतदातासँग समझदारीको आग्रह गर्नुभयो।
यस्तै मतदाता भेटघाटकै क्रममा बिहिबार खनियाबास गाउँपालिका–५ च्युल्पा डाँडामा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो र झन्झटिलो भएको टिप्पणी गर्नुभयो।
दुर्गम क्षेत्रका नागरिकका लागि मतदान प्रक्रिया आर्थिक र भौगोलिक रूपमा कठिन बनेको भन्दै यसको संरचनात्मक सुधार आवश्यक रहेको उहाँको भनाइ थियो।
रोजगारी र शिक्षाका लागि काठमाडौँलगायत सहरमा बसोबास गर्ने रुबी भ्याली, खनियाबास तथा अन्य दुर्गम भेगका मतदाताहरू मतदानका लागि गाउँ फर्किँदा प्रति व्यक्ति चार हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। आर्थिक वा भौगोलिक कारणले कसैको मताधिकार खोसिनु हुँदैन,उहाँले भन्नुभयो।
उहाँले दीर्घकालीन समाधानका रूपमा सुरक्षित र विश्वासिलो इ–भोटिङ प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |