

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर भण्डारी यतिबेला घरदैलो अभियानमा व्यस्त देखिनुभएको छ।
निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै उहाँ मतदातासँग प्रत्यक्ष भेटघाट र अन्तरसंवादमा केन्द्रित हुनुभएको छ ।
‘तारा अभियान’ नाम दिइएको कार्यक्रमअन्तर्गत भण्डारीले विभिन्न गाउँटोल पुगेर स्थानीय बासिन्दासँग छलफल गरिरहनुभएको छ ।
साधँभञ्ज्याङदेखि काउले डाँडा, खत्री गाउँ, सालबास, देउराली, रामपुर, सिम्ले, धुर्सेनी, खरी मैदान, जौबारी, कालिका बराह हुँदै ढोला हटियासम्म पुगेर उनले मतदाताका समस्या र अपेक्षा सुन्नुभएको छ ।
भेटघाटका क्रममा उहाँले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।
“जनताको घरदैलोमै पुगेर उनीहरूको वास्तविक समस्या बुझ्नु हाम्रो दायित्व हो। समाधानसहितको स्पष्ट योजना लिएर हामी चुनावी मैदानमा उत्रिएका छौं,” उहाँले भन्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |