

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङ क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले गाउँ–टोल केन्द्रित घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ ।
शुक्रबार खनियाबास गाउँपालिका वडा नम्बर–५ को सत्यदेवी तथा धादिङ–नुवाकोट सिमाना क्षेत्रमा पर्ने माउर बस्तीमा पुगेर उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाटसँगै अन्तरक्रिया गर्नुभएको हो ।
घरदैलोका क्रममा खनियाबास गाउँपालिकाको पाटीगाउँका स्थानीय बासिन्दाले उम्मेदवार घलेलाई सामूहिक रूपमा मागपत्र बुझाएका छन् ।
मागपत्रमा किन्ताङफेदी–रातमाटे सडक कालोपत्रे, मम्बल खोलामा पक्की पुल निर्माण, स्थानीय खेल मैदान निर्माण, मनेगङ–तैपीचेत–थङव्रा सडक स्तरोन्नति, पदमार्ग निर्माण तथा सडक बत्ती जडान गर्नुपर्ने लगायतका मागहरू समेटिएका छन् ।
मागपत्र बुझ्दै उम्मेदवार घलेले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका छ ।
उहाँले दुर्गम बस्तीका नागरिकले भोग्दै आएका यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्यालाई समाधान गर्न योजनाबद्ध रुपमा पहल गर्ने बताउनुभयो ।
“सीमान्तकृत र विकट क्षेत्रका नागरिकलाई राज्यको सेवासुविधासँग जोड्नु नै हाम्रो मुख्य दायित्व हो, यहाँका सडक, पुल र खेलमैदान जस्ता आधारभूत संरचना विकासले मात्रै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव हुन्छ ।”,उहाँले भन्नुभयो।
स्थानीयहरुले चुनावपछि पनि नियमित अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकएसँगै धादिङ–२ मा चुनावी माहोल तातेको छ ।
उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मतदाता भेटघाटमा व्यस्त छन् । घलेको घरदैलो अभियानले विशेषगरी दुर्गम बस्तीमा विकासे मुद्दालाई केन्द्रीत बनाएको देखिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |