

धादिङ- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बनेका छन्।
यही क्रममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी ज्वालामुखी गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाटमा व्यस्त देखिएका छन्।
घरदैलो अभियान अन्तर्गत उहाँले ज्वालामुखी गाउँपालिका वडा नं. १, २, ३ र ४ का बस्तीहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो ।
भेटघाटका अवसरमा स्थानीय बासिन्दाले दैनिक जीवनसँग जोडिएका आधारभूत समस्याहरू खुलस्त रूपमा राखेका छन्।
विशेषगरी वडा नं.३ हटियाका नागरिकले लामो समयदेखि झेल्दै आएको खानेपानी अभावको समस्या समाधान गर्न तत्काल पहल आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी ग्रामीण सडकको स्तरोन्नति, कृषि उत्पादनका लागि सिँचाइ सुविधा विस्तार र युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने माग समेत उठाइएको छ।
स्थानीयले विकासका पूर्वाधार निर्माण मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। युवाहरूले वैदेशिक रोजगारीमा निर्भरता घटाउन स्वदेशमै अवसर सृजना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |